Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकी युद्धविराम प्रस्तावलाई युक्रेनको समर्थन

Published

on

युक्रेनले अमेरिकी युद्धविराम प्रस्तावलाई समर्थन गरेको छ । अमेरिकी प्रस्ताव अनुसार, युक्रेनले रुससँग ३० दिनको सामान्य युद्धविराम गर्न सहमति जनाएको हो । बदलामा, अमेरिकाले सैन्य सहयोग र गुप्तचर साझेदारीमा लगाइएको प्रतिबन्ध हटाउन सहमत भएको छ ।

साउदी अरेबियामा शान्ति वार्तापछि जारी संयुक्त विज्ञप्तिमा दुवै पक्षले युक्रेनी खनिजको बारेमा सकेसम्म चाँडो सम्झौतामा पुग्न पनि सहमति जनाएको उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनले तत्काल, अस्थायी ३० दिने युद्धविराम लागू गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न इच्छुकता व्यक्त गरेको छ, जुन पक्षहरू बीचको सहमतिमा विस्तार गर्न सकिन्छ, र यो रूसको स्वीकृतिमा निर्भर हुनेछ।’

विज्ञप्तिमा अमेरिकाले रुसलाई शान्ति स्थापना गर्न रुसको सहयोग आवश्यक छ भन्ने सन्देश पठाउने पनि उल्लेख छ । अमेरिकाले तुरुन्तै गुप्तचर जानकारी आदानप्रदानमा लगाइएको प्रतिबन्ध हटाउनेछ र युक्रेनलाई सुरक्षा सहयोग पुनः सुरु गर्नेछ ।

फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीच ओभल अफिसमा तनावपूर्ण बैठक भएको थियो । यस भेटमा दुई नेताहरूबीच युद्धविरामको बारेमा पनि बहस भएको थियो, त्यसपछि राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिइँदै आएको सुरक्षा सहयोग बन्द गरेका थिए ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.