Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकी योजना अनुसार युक्रेन रुससँग युद्धविराम गर्न तयार

Published

on

अमेरिकाले युक्रेन रुससँग युद्धविरामको लागि तयार भएको बताएको छ । अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीका अनुसार ट्रम्प प्रशासनको योजना अनुसार युक्रेन अगाडी बढ्न तयार भएको बिबिसीले उल्लेख गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी समकक्षीहरूसँग वार्ता गर्न मंगलबार साउदी अरेबिया पुग्नु अघि यस्तो रिपोर्ट बाहिर आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीमाथि रुससँग तत्काल युद्धविरामको माग स्वीकार गर्न दबाब बढाउँदै आएका छन् । तर ट्रम्पले युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीको कुनै तत्काल वाचा भने गरेका छैनन् ।

दश दिनअघि अमेरिकी ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्को बहस भएको थियो। ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको दाबी गरेका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरे यता हाल युक्रेनको लगभग २० प्रतिशत भाग कब्जा गरेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.