Connect with us

अर्थ

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ आजको कारोबार

Published

on

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आइतबार अमेरिकी डलरको भाउ १९ पैसाले बढेको छ । आईतबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि शुक्रबार यसको खरिददर १३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

आज युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ४० रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले बढेको छ । यसअघि शुक्रबार यूरोको खरिददर १४१ रुपैयाँ १८ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो ।  

यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ७१ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३९ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ ५२ पैसा र बिक्रीदर ३० रूपैयाँ ६६ पैसा कायम गरेको छ ।

यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.