Connect with us

अन्तर्राष्ट्रिय

पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार छन्, अब युद्ध रोक्न जरूरी छः ट्रम्प

Published

on

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युद्ध रोक्न वार्ता गर्नेसमेत बताएका छन् ।

मिडियासँग कुरा गर्दै ट्रम्पले युद्ध रोक्न जेलेन्स्की पुटिनसँग सम्झौता गर्न तयार हुनुपर्ने बताए । युद्ध रोक्न दुवै देशले सम्झौता गर्नुपर्छ । यद्यपि, ट्रम्पले युद्ध रोक्ने आफ्नो योजनाको कुनै विवरण भने दिएनन्।

ट्रम्पले युद्धका कारण अधिकांश विवादित क्षेत्र भग्नावशेषमा परिणत भएको र यसलाई मर्मत गर्न १०० वर्षभन्दा बढी समय लाग्नेसमेत बताएका छन् । उनले भने,  ‘त्यस्ता धेरै सहर छन्, जहाँ एउटा पनि भवन बाँकी छैन, सबै नष्ट भएको छ।’

‘रुस–युक्रेन युद्धका धेरै तस्विरहरु छन् जसमा शवहरु नराम्रो अवस्थामा परेका छन् । यी देख्दा मलाई सन् १८६१–१८६५ सम्म चलेको अमेरिकी गृहयुद्धका भयावह तस्बिरहरू याद आउँछ,’ उनले भने । 

यसअघि अमेरिकी चुनावका बेला डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनले युक्रेनलाई दिएको अर्बौं डलरको सहायतामाथि प्रश्न उठाएका थिए । गत साता टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुस–युक्रेन युद्ध जतिसक्दो चाँडो रोक्न चाहेको पनि बताएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.