Connect with us

अर्थ

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

Published

on

रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले क्रेनको मधतबाट २० फिट तल खेतमा रहेको उक्त कार माथी ल्याएर खानतलासी गर्दा छुटाछुटै प्याक गरिएको प्लास्टिकको पोका भित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको नेपाली नम्बरको उक्त कार आज बिहान इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोक्न खोज्दा चालकले तिब्र गतिमा गाडी भगाएका थिए।  प्रहरीको टोलीले गाड़ी पछ्याउँदै जाँदा कार चालकले गरुडा नगरपालिका–५ झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको छ।

डिएसपी राजन कार्कीले झाँझ खोला छेउ खेतको खाल्डोमा गाँजा तस्करले गाडी झारेर उखुबारी हुँदै भागेको बताएका छन्। प्रहरीले चारैतिरबाट उखु बारी घेरा हालेर सर्च गरे पनि चालक भने फरार हुन सफल भएको छ।

बरामद कारसहितको गाँजाबारे अनुसन्धान भैइरहेको डिएसपी कार्कीले बताएका छन्। बरामद नेपाली नम्बरको कारको माध्यमले गाँजाको बास्तविक कारोबारी पक्राउ हुनसक्ने ईलाका प्रहरी कार्यालय गरुडाको अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.