Connect with us

अर्थ

पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियारको बयानमा

Published

on

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष तथा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि पुगेकी छन् । पोखराको जग्गाको घुस प्रकरणमा उनको नाम मुछिएपछि अख्तियार उनलाई बयानका लागि बोलाएको हो । अख्तियारको ताकेतापछि बयानका लागि उनी अख्तियार पुगेकी हुन् ।

बिचौलियासँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि छानबिन भइरहेको छ । छानबिनको क्रममा रञ्जिताको पनि संलग्नता भेटेपछि अख्तियारले उनलाई बयानमा बोलाएको हो ।

यही प्रकरणमा मुछिएका अर्का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गरिरहेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.