Connect with us

राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, नवनियुक्त शिक्षा मन्त्रीले नयाँ विधेयक पेस गर्ने

Published

on

प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशाषन (ब्यवस्थापन र सञ्चालन ) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको बार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७९८०, २०८०८१ पेश गर्नेछ्न्।

उता, संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उडडयन प्राधिकरण, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिधालय बिधेयक, २०८० माथी छलफल गरियोस र सो बिधेयक पारित गरियोस्’ भन्ने प्रस्ततु गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.