Connect with us

राजनीति

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहितलाई ६ दिन हिरासतमा राख्न अनुमति

Published

on

जिल्ला अदालत काठमाडौँले १५ चैत्रको तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंलाई छ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि प्रहरीले हिजो आइतबार अदालतमा उपस्थित गराएको थियो।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजा सर्मथकको समूह उत्तेजक बन्दा २ जनाको ज्यान गएको थियो भने धेरै सम्पत्ति तोडफोड र आगजनी गरेको थियो।

उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन्। ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ।

सरकारले रवीन्द्र मिश्र, दुर्गा प्रसाईलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाउँदै छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.