Connect with us

राजनीति

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ, बुझाइयो डिल्लीबजार कारागार

Published

on

प्रहरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको छ । चौधरी र सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी हुँदै गर्दा उनलाई काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन परिसरबाटै अहिले दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

सादा पोशाकमा परिचालित प्रहरीले चौधरीलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए। सर्वोच्चको आदेश कार्यान्वयन गर्न उनलाई एकाएक पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराले बताएका छन् । चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइसकिएको एसपी बोहोराको भनाइ छ ।

२०७२ भदौमा टीकापुरमा भएको घटनामा चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो। तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले माफी दिएपछि उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो । तर, सर्वोच्चले आममाफी कहिले उल्ट्यायो ? सार्वजनिक जानकारीमा छैन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.