Connect with us

समसामयिक

सवारी नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस

Published

on

पटक-पटक सवारी नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा परेको छ ।

एउटै व्इक्तिले १६ पटकसम्म सवारी नियम नियम उल्लङ्घन गरेको पाइएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो।

प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक(पटक कारबाही पर्दा पनि अटेर गरी १६ पटकसम्म गल्ती दोहोर्‍याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई पत्राचार गरिएको जानकारी दिए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ। सोही कानुनी व्यवस्थामा टेकेर ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालेको हो।

लाइसेन्स निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्। यस्ता कारबाहीले काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पूर्ण पालनामा मद्दत पुग्ने ट्राफिक प्रहरीको विश्वास छ।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.