Connect with us

राजनीति

नक्कली पत्रमा पक्राउ परेका रेशम चौधरी भए रिहा

Published

on

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी थुनामुक्त भएका छन् । डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले प्रक्रिया पूरा गरी चौधरीलाई थुनामुक्त गरिएको बताए ।

सर्वोच्च अदालतको नक्कली पत्रका कारण उनी आज अचानक पक्राउ परेका थिए । तर, सर्वोच्चको सो पत्र आधिकारिक नभएको भन्दै नक्कली पत्रका आधारमा पक्राउ परेका चौधरी केही समयको थुना पछि भर्खरै रिहा भएका हुन् ।

‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ,’ प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा भनिएको थियो ।

चौधरीलाई पक्रन ‘नक्कली पत्र लेख्ने’ सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट भने यतिखेर जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रणमा रहेका छन् । विष्टलाई सर्वोच्च अदालत सुरक्षा इकाइले पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो ।

उनले ‘टिकापुरका हत्या भएको ब्यक्ति सम्झेर’ साे नक्कली पत्र लेखेको प्रारम्भिक बयान दिएका छन् । उनी माथी थप अनुसन्धान जारी रहेकाे छ । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.