Connect with us

राजनीति

प्रधानमन्त्री पत्नी भन्छिन, ‘देश बनाउन निकै गार्हो छ’

Published

on

प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग संवाद भएको छ ।

प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगत देखिको बानीकै कारण करुणा जन्मिएको बताईन्

 ‘म धेरै पहिले देखि नै आफू देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने गर्थें’ शाक्यले भनिन ‘ति टिपोटहरुलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो । यसमा मेरा अनुभुतिहरु समेटिएका छन् ।’ शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको उल्लेख गर्दै गफ गरेर समय बिताउनु भन्दा कुनै सृजनात्मक काम गरौं भन्ने उद्धेश्यले यो कृति तयार गरेको बताईन् ।

उनले फूर्सद हुनासाथ केही न केही लेख्ने वा पढ्ने सानै देखिको बानीका कारण किताब लेख्नतिर मन गएको पनि बताईन्।

‘आजै विबहान पनि खाना बनाउदै गर्दा लि क्वान युको किताबका केही पाना पढिरहेकाी थिंए’ शाक्यले भनिन, ‘जीवनमा साथी जस्तै हो पढ्ने लेख्ने कुरा मेला लागि ।’ आफूले पुस्तक लेखेको कसैलाई कुनै सन्देश दिन वा फाइदाका लागि नभइ केवल आफ्ना अनुभुतिको दस्तावेजिकरणका लागि लेखिएको उनले बताईन्।  

पुस्तकको संवादका क्रममा सम्पादकहरुले  शाक्यलाई तपाईं राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेका थिए । शाक्यले सबैले ढुक्क हुन आग्रह गर्दै भनिन्, `म राजनीतिमा आउदिन, तपाईंहरु ढुक्क हुनुहोस, मेरो उमेर छँँदा त पूर्णकालिन राजनीतिमा आइन भने अब त त्यस्तो सोचाइ नै छैन ।’ आफूले राजनीति नगरे पनि राजनीति चाँही बुझ्ने गरेको उनले बताईन्। 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न थुप्रै नेता कार्यकर्ता आउने गरेको तर उनीहरु किन आए भन्ने कुरामा आफूलाई चासो नभएको उनले बताईन । ‘उहाँलाई भेट्न धेरै नेता कार्यकर्ता आउछन्, उनीहरु किन र केका लागि आउछन् म कहिल्यै सोध्धिन किनभने म राजनीति गर्दिन तर राजनीति चाँही बुझ्छु ’ शाक्यले भनिन।

एक सम्पादकले शाक्यलाई सोधे ‘तपाईले चार पटक प्रधानमन्त्री बनाउनुभयो । आफू नबन्ने ?’  शाक्यले आफूलाई प्रधानमन्त्री बन्न रुची नभएको स्पष्ट पारिन ।

‘म प्रधानमन्त्री बनेर देश बन्ने हैन, देश बनाउन धेरै गाह्रो छ, आफूसँग टिम चाहिन्छ, राजनीति अस्थिरताले देश निर्माणमा ठुलो अवरोध गरिरहेको छ ’ शाक्यले भनिन । उनले सरकार बनेकै दिन सञ्चार माध्यमहरुले ‘सरकार गयो गयो ’ भनेर प्रचार गरिदिने गर्नाले प्रधानमन्त्री र मन्त्रीहरुलाई काम गर्न अफ्ठेरो परेको सुनाईन् ।

‘यस प्रकारको अस्थिरता फैलाए पछि कर्मचारीले पनि काम टेर्न छोड्छन् अनि समस्या उत्पन्न हुन्छ’ शाक्यले भनिन।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता भएको कार्यक्रममा कवि एवं समालोचक प्रा.डा.देवी नेपाल र वरिष्ठ पत्रकार, समिक्षक एवं लेखक बविता बस्नेतले करुणा माथी समिक्षासमेत गरेकी थिईन् । 

डा. नेपालले पुस्तक ध्वनी, ब्यञ्जना, रस आदि सबैको उचित संयोजन भएको बताए । उनले लेखकको हृदय र मस्तिकबाट ‘करुणा’ जन्मिएको बताए । उनले पुस्तकमा उल्लेख भएको रोचक घटना, परिवेश र उदाहरणहरु पनि प्रस्तुत गरेका थिए ।

अर्की समिक्षक बस्नेतले पुस्तक भनेको समयको चिनारी भएको बताईन । ‘राधिका शाक्यले आफ्ना अनुभवको अस्तवेजिकरणबाट पुस्तक जन्माउनुभयो, पुस्तक प्रेमले पुस्तकालय खोल्नुभयो’ बस्नेतको सुझाव दिंदै भनिन ‘पुस्तक पढ्दा लाग्छ यसको नाम करुणा नभएर कल्पवृक्षको सही हुन्थ्यो कि ।’  

कार्यक्रमको सञ्चालन महासचिव हिरामान लामाले गरेका थिए। 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.