Connect with us

राजनीति

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भूमि विधेयक पेस गरिने

Published

on

आज दिउँसो ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभामाको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८१’ बैठकमा पेश गर्दैछन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमी सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सांसद रणेन्द्र बराइलीले ‘दलित समुदाय माथी भइरहेको भेदभाव’ बिषय उल्लेख गरेर प्रस्ताव गरिएको ‘जरूरी सार्बजनिक महत्वको प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.