Connect with us

राजनीति

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दै

Published

on

राप्रपा नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले  आन्दोलन सम्बन्धि रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ू

‘बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु काठमाडौं आई पुगिसक्नुभएको छ , आउन मंगलबार बिहान आई पुग्नुहुन्छ,’ बर्तौलाले भने । 

अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय, संगठन  र आर्थिक लगायतका प्रतिबेदन पेश हुने छैनन्, आन्दोलन केन्द्रित बिषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ । जेठ १५ गतेको आन्दोलनलाई ब्यबस्थित , प्रभाबकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिनेछन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.