Connect with us

राजनीति

राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक आज बस्दै

Published

on

राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समिक्षा , आगामी आन्दोलनको स्वरुप र तयारीबारे पार्टीको कार्ययोजना, भुमिका र धारणा बारेमा छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने बताईएको छ । बर्षादको सिजन भएकोले पार्टीले कार्यकर्ता भेला, प्रशिक्षण र गोष्ठी संचालन गर्ने बारेमा समेत टुंगो लगाइने बर्तौलाले बताए ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको आबश्यकता र औचित्य तथा राप्रपा नेपालको भुमिकाको बारेमा धारणा राख्ने त्यसमा छलफल हुने कार्यसुची रहेको छ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.