Connect with us

अन्तर्राष्ट्रिय

रुसले तालिबान शासनलाई दियो बैधानिकता

Published

on

रुसले अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक बैधानिकता दिएको छ । रुसले तालिबानलाई हिजो बिहिबिार आफ्नो प्रतिबन्धित संगठनको सूचीबाट हटाउँदै औपचारिक रूपमा बैधानिकता दिने पहिलो देश बनेको अन्तराष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

सन् २०२१ मा अफगानिस्तानमा सत्ताकब्जा गरेपछि तालिबान सरकारले पाएको यो पहिलो अन्तराष्ट्रिय बैधानिकता हो । रुसी विदेश मन्त्रालयले अफगानिस्तानका नवनियुक्त राजदूत गुल हसन हसनबाट ओहोदाको प्रमाणपत्र प्राप्त गरिएको घोषणा गरेको छ । अफगान सरकारको औपचारिक मान्यताले द्विपक्षीय सहयोगलाई प्रोत्साहन गर्ने अफगानिस्तानको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

तालिबानले सन् २०२१ अगस्टमा अफगानिस्तानमा सत्ता कब्जा गरेपछि अमेरिका र नेटोका सेना फिर्ता भएका थिए । यससँगै अफगानिस्तानको सत्ता तालिबानले चलाउन थालेको थियो । त्यसयता तालिबानले इस्लामिक कानुनको कडा व्याख्या लागु गर्दै अन्तर्राष्ट्रिय मान्यता खोजिरहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.