Connect with us

राजनीति

प्रधानमन्त्री साउन १८ गते तुर्केमिनिस्तान जाने (मन्त्रिपरिषद्का निर्णयहरू)

Published

on

 बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन् ।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान गरेका हुन् । साउन १२ को मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार सर्वोच्च अदालतका रजिष्टार विमल पौडेललाई मुख्य रजिष्टार पदमा बढुवा गरेको छ । बैठकले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्टारमा तनहुँका ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ भने भक्तपुर क्यानसर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा कास्कीका डा।उज्जवल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै, रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रूपैया बराबरको सहुलीयतपूर्ण ऋण सहायता पनि स्वीकार गरिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.