Connect with us

समसामयिक

विशेष अदालतका न्यायाधीशको ‘सेट’ बदलियो, अध्यक्ष कुँवर जनकपुर सरुवा

Published

on

विशेष अदालतका न्यायाधीशहरूको सेट नै बदलिएको छ । आजको न्याय परिषद् बैठकले विेशष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहितको सेटलाई सरुवा गर्ने निर्णय गरेको छ । पाटन उच्च अदालत दरबन्दी भई काजमा विशेष अदालतको अध्यक्षमा कार्यरत न्यायाधीश कुँवरसहित ६ जना न्यायाधीश सरुवा भएका छन्। विशेष अदालतमा ६ जना न्यायाधीश कार्यरत थिए।

कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गर्न न्याय परिषद्ले सिफारिस गरेको छ। न्यायाधीश तेजनारायण सिंह राई उच्च अदालत पोखरा, रामबहादुर थापा उच्च अदालत जनकपुरको राजविराज इजलास, मुरारीबाबु श्रेष्ठ उच्च अदालत जनकपुर, रितेन्द्र थापा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज, विदुर कोइराला उच्च अदालत पाटनको हेटौँडा इजलासमा सरुवा भएका छन्।

कोइराला केही समयअघिमात्रै विशेष अदालतमा काजमा खटिएका थिए उनको भने उच्च अदालत पाटनबाट हेटौँडा इजलासमा दरबन्दीमात्रै सारिएको छ।

विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई ल्याउन सिफारिस गरिएको छ। सदस्यहरूमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई सिफारिस गरिएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.