प्रतिनिधिसभा मातहतको राज्य व्यवस्था तथा सुशासन समितिमा रिक्त सभापति पदको निर्वाचन तालिका संसद सचिवालयले सार्वजनिक गरेको छ । सभामुख देवराज घिमिरेले ११ भदौका लागि निर्वाचन घोषणा गरेपछि संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले सभापतिमा दिलेन्द्र बडूलाई अघि सार्ने तयारी गरेको छ । संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार सभापति रिक्त भएको १५ दिनभित्र पदपूर्ति गरिसक्नुपर्ने छ ।