सरकारले फेसबुकको मातृ कम्पनी मेटालगायत सामाजिक सञ्जाल दर्ताका लागि दिएको समयसीमा गएराति १२ बजेपछि समाप्त भएको छ । तर, समयसीमा सकिदासम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा आएनन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा आएनन् ।ठाकुरका भनाइमा अब सरकारले केही निर्णय गर्ला ।” स्रोतका अनुसार सरकारले दर्तामा नआएका सामाजिक सञ्जालहरुलाई क्रमशः बन्द गर्दै लैजाने नीति लिएको छ ।