Connect with us

राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Published

on

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अहिले ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक बस्न लागेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । सापकोटाका अनुसार स्थायी कमिटी बैठकमा भएका छलफलको विषयमा निर्णय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

प्रवक्ता सापकोटा भन्छन्, “आजको बैठकमा यसअघि स्थायी कमिटी बैठकमा भएको छलफलमाथि निर्णय हुनेछ । पार्टीको यही भदौ २१ गतेदेखि सुरु गर्ने भनेको मध्यपहाडी लोकमार्ग जागरण अभियानबारे टुंगो लाग्न बाँकी विषयमा पािन टुंगो लगाइनेछ ।”

सापकोटाका शब्दमा विभिन्न समयमा एकतामा आएका दलका नेता कार्यकर्ताको कार्य विभाजनमाथि पनि आजको बैठकले निर्णय गर्नेछ । नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहबीच गत जेठमा पार्टी एकता भएको थियो । उनीहरुको कार्य विभाजन टुङ्ग्याउन बाँकी छ । त्यसैगरी बैठकमा पार्टीभित्रको अन्तरविरोध र समाधानका विषयमा पनि छलफल हुनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.