Connect with us

राजनीति

एमाले सचिवालय बैठक बस्दै, छलफलमा मुख्य तीन विषय

Published

on

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ ।

यससँगै गत निर्वाचनको समीक्षा, प्रदेश सरकारको समीकरण हेरफेर गरी मुख्य तीन विषयमा छलफल हुन सक्ने सचिवालयका एक सदस्यको भनाइ छ ।
“हामीलाई पनि औपचारिक रुपमा बैठकको एजेन्डा भनिएको छैन । तर, छलफलका विषयवस्तु मुख्यतः यी तीन विषय हुन सक्छन्,” ती नेता भन्छन् ।

पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कांग्रेस र एमालेबीच छलफल जारी छ । सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने ती नेताले बताए ।

एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.