Connect with us

राजनीति

यी हुन सरकारले बन्द गर्न निर्देशन दिएका हाम्रो पात्रो’ सहित २६ वटा एप, यी सञ्जाल चल्छन्

Published

on

नियमनको दायरामा आउन सरकारले बारम्बार आग्रह गर्दा पनि अटेर गरेका २६ वटा सामाजिक सञ्जाललाई सरकारले बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्र्देेशन दिएको छ । मन्त्रिपरिषद्ले नौ भदौमा निर्णय गरी १२ भदौमा सार्वजनिक सूचना जारी गरेर हिजो १९ भदौ बुधबारसम्म दर्ता हुन ती सामाजिक सञ्जाललाई आग्रह गरेको थियो ।

तर, सरकारको उक्त आग्रहलाई ती कुनै पनि सामाजिक सञ्जालले स्वीकार गरेका थिएनन् । सूचीकरण हुन अटेर गरेका २६ ओटा सामाजिक सञ्जाल बन्द गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

मन्त्रालयले आज बिहीबार अपराह्न प्राधिकरणलाई पत्र पठाउँदै तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सञ्जाललाई बन्द गर्न तयारी थालेको हो । सञ्चार तथा सूचना प्रविधि पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आजै बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । त्यस्तै टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिए ।

बन्द हुने सामाजिक सञ्जालहरूको सूची

फेसबुक

म्यासेन्जर

इन्स्टाग्राम

युट्युब

ह्वाट्सएप

ट्वीटर (एक्स)

लिंक्डइन

स्न्यापच्याट

रेडिट

डिस्कर्ड

पिन्ट्रेस्ट

सिग्नल

थ्रेड्स

वीच्याट

कोरा

टम्बलर

क्लब हाउस

मास्टोडन

रम्बल

मि वी

भिके

लाइन

इमो

जालो

सोल

हाम्रो पात्रो

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.