Connect with us

राजनीति

विप्लवले छाडे प्रचण्ड अगुवाईको समाजवादी मोर्चा

Published

on

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रचण्डको जोडबलमा गठन गरिएको समाजवादी मोर्चा छाडेको छ। आज बुधबार बिहान वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लव सीले समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिएका हुन्।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा निर्माण गरेका थियौँ। राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रमहरू पनि गर्‍यो। तर जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव बनेन ।’
जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल भएको भन्दै उनले सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै गएका उल्लेख गरेका छन्। ‘व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढी पनि सकेका छन्। समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ। सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ।’

२०८० साल असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसहितका दल मिलेर समाजवादी मोर्चा गठन गरिएको थियो। ऊ मोर्चाबाट उपेन्द्र यादव नेतृत्वको जसपा यसअघि नै बाहिरीसकेको थियो।

हेर्नुहोस् विप्लवले जारी गरेको वक्तव्य

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.