Connect with us

अन्तर्राष्ट्रिय

बीबीसीले ट्रम्पसँग माग्यो माफी

Published

on

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ६ जनवरी २०२१ को भाषण क्लिपमा गरिएको ‘भ्रामक सम्पादन’का लागि उनीसँग माफी मागेको छ । यद्यपि, बीबीसीले मानहानिको दाबीको कुनै आधार नभएको पनि बताएको छ ।

बीबीसीका अध्यक्ष समीर शाहले ह्वाइट हाउसलाई व्यक्तिगत पत्र पठाउँदै ट्रम्पको भाषण सम्पादन गर्ने गल्तीमा खेद् व्यक्त गरेका हुन् । बीबीसीले आफ्नो जवाफमा भन्यो, “हामी यो त्रुटिपूर्ण र भ्रामक सम्पादनका लागि माफी माग्छौँ । यो कुनै पनि प्रकारको जानाजानी गरिएको कार्य थिएन । मानहानिको दाबीको कुनै कानुनी आधार बन्दैन ।”

उनले यो सम्पादनमा त्रुटि रहेको भन्दै भ्रम उत्पन्न भएको पनि बताए । बीबीसीले विवादित वृत्तचित्रलाई फेरि प्रसारण गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारेको छ । यो वृत्तचित्रमा ट्रम्पको भाषणका दुई भागलाई जोडेर देखाइएको थियो, जुन करिब एक घण्टाको फरकमा दिइएका थिए ।

यसअघि ट्रम्पका वकिलले बीबीसीलाई सूचना पठाउँदै ४१ अर्ब डलरको मुद्दा दायर गर्ने धम्की दिएका थिए । यो सम्पादनले ट्रम्पको छविलाई क्षति पुर्‍याएको छ । यो राजनीतिक पक्षपातको उदाहरण भएको उनीहरूको भनाइ छ ।

यो विवाद बीबीसीले ६ जनवरी २०२१ मा दिएको ट्रम्पको भाषणको सम्पादित संस्करण प्रसारणसँग सम्बन्धित थियो । यसपछि वाशिंगटन डीसीमा रहेको क्यापिटल हिल ९संसद् भवन० मा हिंसात्मक हमला भएको थियो । आलोचकहरूको भनाइमा बीबीसीले ट्रम्पको भाषणलाई गलत तरिकाले प्रस्तुत गर्दा बयानको वास्तविक सन्दर्भ फरक परेको थियो ।

लगातार बढ्दो आलोचना र विश्वसनीयतामा उठेका प्रश्नहरूको बीचमा बीबीसीका दुई उच्च अधिकारीहरू, च्यानलका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले आइतबार राजीनामा दिएका थिए । बीबीसी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.