Connect with us

अन्तर्राष्ट्रिय

चीनकी वरिष्ठ न्यायाधीश राष्ट्रसंघीय ट्राइब्युनलमा

Published

on

चीनको सर्वोच्च जन अदालतकी वरिष्ठ न्यायाधीश चाङ लिङलिङ संयुक्त राष्ट्रसंघको अपिल न्यायाधिकरण (अपिल ट्राइब्युनल) को न्यायाधीशमा निर्वाचित भएकी छन् । उनलाई गत सोमबार बसेको संयुक्त राष्ट्रसंघीय महासभाले चयन गरेको हो ।

महासभाले राष्ट्रसंघीय अपिल ट्राइब्युनल र विवाद समाधानका लागि डिस्प्युट ट्राइब्युनलका न्यायाधीशहरू चयन गरेको छ । यस पटक एसिया–प्यासिफिक क्षेत्रबाट एकमात्र उम्मेदवार रहेकी चाङ लिङलिङको पक्षमा सबैभन्दा धेरै १२७ मत प्राप्त भएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.