नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्।
ओलीले १६६३ मत प्राप्त गरे भने ईश्वर पोखरेलले ५६४ मत मात्रै ल्याउन सके। एमालेको निर्वाचन आयोगले औपचारिकरुपमा परिणाम घोषणा गर्न भने बाँकी।
योसँगै ओली एमाले अध्यक्षमा तेस्रो कार्यकालका लागि ह्याट्रिक गर्ने नेता बनेका छन्।