Connect with us

राजनीति

रवि लामिछाने रिहा हुँदै

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शुक्रबार) थुनामुक्त हुँदै छन् । उच्च अदालत तुलसीपुरको हिजो बिहीबारको आदेशपछि लामिछाने आज रिहा हुन लागेका हुन् ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको छ ।

रास्वपाका नेता हरि ढकालका अनुसार रविलाई आज जिल्ला अदालत भैरहवामा उपस्थित गराइनेछ । त्यसपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर रिहा गरिनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.