Connect with us

राजनीति

विदेशी हस्तक्षेप संस्थागत गर्न रवि-बालेनबीच सहमति भएको हर्क साम्पाङको दाबी

Published

on

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच सम्झौताको टिप्पणी गरेका छन् ।

आज बिहान सामाजिक सन्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै साम्पाङले यस सम्झौतालाई उनले कुर्सीको लागि देशलाई लिलाम गर्नका लागि भएको टिप्पणी गरेका हुन् ।

साम्पाङले रवि लामिछाने र बालेन साहको नाम नलिई भनेका छन्, ‘विदेशी हालीमुहाली प्रत्यक्ष हामीलाई महसुस भइसकेको छ, त्यसलाई अब संस्थागत गर्नका लागि‘ ।’

उनले बालेनलाई लक्षित गर्दै जेनजी आन्दोलनको बेला र देश जल्दा टुलुटुलु हेरेर बसेको भनेर पनि आलोचना गरेका छन् । बालेनलाई उनले ‘भित्र–भित्र बसेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने’ व्यक्तिको संज्ञा दिएका छन् ।

‘‘जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ । जेनजीलाई उक्साएर लड्न भिड्न पठाउँछ । ७०–८० जना हताहत हुन्छ । देश खरानी भएको टुलुटुलु हेरेर बस्छ । बाहिर आउँदैन । सरकार चलाइदिनुपर्यो भनेर अनुरोध गर्दा पनि आउँदैन,’ साम्पाङको भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.