Connect with us

राजनीति

पतिको स्मृतिमा विद्याः जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक विचार

Published

on

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना पति मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन् ।

आज आइतबार बल्खुस्थित नेकपा (एमाले) को पुरानो केन्द्रीय कार्यालय मदननगरमा आयोजित ३३औँ मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्‍याएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘मदन भण्डारी र जीवराज आश्रित नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र होइन् वैचारिक स्पष्टता र जनमुखी राजनीति संस्कार नयाँ चरणमा पुर्‍याएको थियो । उहाँहरूले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो । जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई अझ गहिरोसँग स्थापित गर्नुभयो ।’

उनले राजनीति जनताको जीवनसँग जोडिएको विषय भएको भन्दै जनताको विश्वासबाट निर्देशित हुनुपर्ने मान्यतालाई मदन भण्डारी र जीवराज आश्रितले अझ गहिरो बनाएको बताइन् ।

भण्डारीले एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार रहेको उल्लेख गर्दै यसलाई नेपालमा मार्क्सवाद सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको बताइन् ।

‘एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवादमा नेपाली समाजको यथार्थ आधारित मौलिक राजनीतिक विचार हो । यसलाई हामीले नेपालमा मार्क्सवादको सिर्जनाको रूपमा आत्मसाथ गरेका छौँ,’ उनले भनिन् ।

भण्डारीका अनुसार लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.