Connect with us

राजनीति

तीनवटा संसदीय समितिको बैठक बस्दै

Published

on

संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवाल, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ ।

उता, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन छलफल र पारित गर्ने सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.