Connect with us

अन्तर्राष्ट्रिय

टर्कीको संसदमा तमासाः सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच हानाहान

Published

on

टर्कीको संसदमा गज्जब झडप भएको छ । संसद्को भिडियोमा सांसदहरूले एकअर्कालाई लात र मुक्का प्रहार गरेको देखिन्छ । यो झडप करिब ३० मिनेटसम्म चलेको थियो । जसमा तीन विपक्षी सांसद घाइते भएका छन् । 

एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति एर्दोगानको पार्टीलाई आतंकवादी संगठन भनेपछि संसदमा झडप भएको थियो । त्यसपछि एर्दोगनको एकेपी पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि हमला गरेका थिए ।

झगडा चर्किएपछि र सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गर्न थालेका थिए । यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

शुक्रबार टर्कीको संसदमा विशेष सत्रको बैठक बसेको थियो । यसमा सांसद केन अटलेको चर्चा चलिरहेको थियो । अटालेले सन् २०१३ मा एर्दोगान सरकारको विरोध गरेका थिए, जसमा धेरै हिंसा भएको थियो। यसपछि अटाले पक्राउ परेका थिए । अटाले सन् २०१३ देखि जेलमा छन् । उनलाई सन् २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो । गत मे महिनामा भएको निर्वाचनमा अटाले विजयी भएका थिए ।

उनी वामपन्थी टीआईपी पार्टीबाट सांसद बने । यसपछि एर्दोगनको पार्टीले अटालेको संसदको सदस्यता खारेज गर्ने विधेयक ल्यायो । यो निर्णयलाई अदालतमा पुनरावेदन गरिएको थियो । अगस्ट १ मा, टर्कीको सर्वोच्च अदालतको निर्णय आयो जसमा संसदको निर्णयलाई उल्टाइएको थियो । अटाले फेरि सांसद बने । अदालतले उनको सांसदको रूपमा सबै अधिकारहरू पुनर्स्थापित गर्यो ।

अदालतले अटलेलाई जेलबाट रिहा गर्न पनि आदेश दिएको छ । वास्तवमा अटाले जेलमा रहेका कारण आफ्नो क्षेत्रमा काम गर्न नसकेको भन्दै अदालतमा निवेदन दिएका थिए । उनी आफ्नो संसदको कार्यकाल पूरा गरेपछि फेरि जेल जानेछन् । उनको मागलाई अदालतले स्वीकार गरेको छ ।

अदालतको यो निर्णयमाथि संसदमा बहस चलिरहेको थियो । अटालेको आफ्नै पार्टीका नेता अहमद सिकले भाषण दिइरहेका थिए । उनको भनाइले संसदमा हंगामा सुरु भयो । झडपका कारण संसदको बैठक अवरुद्ध भयो । तीन घन्टाभन्दा बढीको ब्रेकपछि बैठक पुनः सुरु भएको थियो । एर्दोगानको पार्टी विरुद्धको बयानका लागि स्पिकरले विपक्षी दलका नेता सिकलाई हप्काए । सभामुखले सिकमाथि आक्रमण गर्ने नेताहरुलाई पनि गाली गरे । झगडामा संलग्न दुवै सांसदलाई प्रतिबन्ध लगाउन भनिएको छ ।

मुख्य विपक्षी पार्टी सीएचपीका प्रमुख ओज्गुर ओजेलले हिंसाको निन्दा गरेका छन् । संसदमा यो सबै भइरहेको देख्दा आफूलाई लाज लागेको उनले बताए । 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.