Connect with us

राजनीति

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

Published

on

अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। यही माघ ५ गते जनकपुरमा रास्वपाले आयोजना गर्ने कार्यक्रमका अवसरमा उक्त पार्टीमा प्रवेश गर्ने अमरेश स्वयंले जानकारी दिएका हुन्।

गत प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट स्वतन्त्र सांसद निर्वाचित सिंह त्यसअघि नेपाली कांग्रेसमा थिए। कांग्रेसले चुनावी टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर विजय हात पारेका थिए

सिंहले गएराति फेसबुकमा लेखेका छन्, ‘यही माघ ५ गते जगत जननी माता सीताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै छु।’ सिंहदे देश र मधेसमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध स्वतन्त्र रहँदा उठाएको आवाज अझ बुलन्द पार्ने उल्लेख गरेका छन्।

अरूलाई पनि आह्वान गर्दै उनले अगाडि लेखेका छन्, ‘साथै मलगायत देश र मधेसको हित चाहने मधेसमा शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुवा तथा दिदिबहिनीहरूलाई यसै कार्यक्रममार्फत जोडिन आह्वान गर्दछु।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.