Connect with us

राजनीति

संवैधानिक निकायमा ५२ जनाको नियुक्तिः सर्वोच्चको बहुमतद्धारा स्वीकृत (हेर्नुहोस् फैसला)

Published

on

साढे चार वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति सर्वोच्च अदालतको संवैधानिक अदालतको बहुमतबाट सदर भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी थिए । जसमध्ये मल्ल, चुडाल र शर्माको बहुमतले नियुत्तध्m सदर गर्यो । प्रधान न्यायाधीश राउत र सुवेदी अल्पमतमा परे । फैसला २० पृष्ठको छ ।

ओली सरकारले संवैधानिक निकायमा दुई चरणमा गरेर ५८ जनाको नियुक्ति गरेको थियो । जसमध्ये पहिलो चरणमा नियुक्त ३८ जनामध्ये ६ जनाले नियुक्ति बहिष्कार गरेका थिए, ३२ जनाले नियुक्ति लिएका थिए । दोस्रो चरणमा २० जनाको नियुक्ति गरिएको थियो । जसमध्ये पहिलो चरणमा नियुक्ति गरिएका ३२ जनाको नियुक्ति बहुमतको रायका आधारमा सदर गरिएको छ भने दोस्रो चरणको २० जनाको नियुक्ति चाहिँ सर्वसम्मत रायका आधारमा सदर भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले पहिलो चरणका ३२ जनाको नियुक्ति बदर हुनुपर्ने राय दिएका थिए। तर, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल। न्यायाधीशहरु कुमार चूडाल र मनोजकुमार शर्माले दुवै चरणका नियुक्ति सदर गर्ने र रिट खारेज गर्ने आदेश दिए।

संवैधानिक पदमा नियुक्त ५२ जनामध्ये ४९ जना जिम्मेवारीमै यथावत छन् । दुई जनाले ६५ वर्षे उमेर हदका कारण अवकाश पाएका छन् । एक जनाको निधन भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.