Connect with us

राजनीति

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित

Published

on

नेकपा (एमाले) का पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । मातृभूमि जागरण अभियान, नेपालका प्रमुख रावलले आज बुधबार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग सात बुँदै सहमति गरेर राष्ट्रियसभा गृहको कार्यक्रमबाट समाहित भएका हुन्।

सहमतिपत्रमा रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने भनिएको छ । त्यस्तै पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकताअनुसार कार्यदल गठन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए ।

नेपाली कम्युनिस्ट पार्टीको सचिवालयमा दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहने यसअघि नै सहमति भइसकेको छ । दाहाल, नेपाल र रावलबीच भएको त्रिपक्षीय वार्ताले रावलको वरीयता निर्धारण हुने नेताहरूको भनाइ छ । जानकारका अनुसार रावलको वरियता छैटौं क्रममा हुनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.