Connect with us

राजनीति

सर्वोच्चको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

Published

on

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् । न्याय सेवा आयोगले वरिष्ठ रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा पौडेललाई सिफारिस गरेको हो ।

उनको बढुवासँगै रिक्त हुने रजिस्ट्रारमा मानबहादुर कार्की सिफारिस भएका छन् । अब मन्त्रिपरिषद्‌बाट निर्णय भएपछि उनीहरूको नियुक्ति हुनेछ ।

पौडेलले सर्वोच्चको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । मुद्दा शाखाको प्रमुख भएर काम गरेका पौडेल गत पुसमा रजिस्ट्रार नियुक्त भएका थिए । उनले सर्वोच्चको योजना तथा अनुसन्धान, प्रशासनसहित महत्त्वपूर्ण महाशाखाको नेतृत्व गरिसकेका छन् ।

पौडेलले छात्रवृत्तिमा बेलायतबाट स्नातकोत्तर र अमेरिकाको हम्फ्रे छात्रवृत्तिअन्तर्गत युनिभर्सिटी अफ मिनिसोटाबाट थप डिग्री हासिल गरेका छन् ।

मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हदका कारण आजैदेखि अवकाश पाएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.