Connect with us

समसामयिक

धनुषाको विदेशमा सशस्त्र प्रहरी र तस्करबीच झडप, सात सशस्त्र घाइते

Published

on

धनुषाको विदेह नगरपालिका–२ वैदेहीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप भएको छ । हिजो बिहीबार साँझ भएको झडपमा परेर सातजना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरी बल तस्करी नियन्त्रण र सीमा सुरक्षामा परिचालित छ ।

“वैदेहीको दुहबीस्थित नेपाल–भारत सीमानजिक भिडन्त हुँदा सातजना सशस्त्र प्रहरी घाइते हुनुभएको छ,” जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वजरुणबहादुर सिंहले स्थानीय सञ्चारकर्मीहरुसँग भनेका छन्, “घाइतको अवस्था सामान्य रहेको छ ।” भिडन्तमा चार राउन्ड गोली र १३ सेल अश्रु ग्यास प्रहार भएको डिएसपी सिंहले जानकारी दिए ।

“शंका लागेर प्रहरीले सीमा क्षेत्रका घरमा खानतलास लिँदा तस्करहरूले आक्रमण गरेका हुन्,” डीएसपी सिंहले भने, “तस्करहरू कोही पनि नियन्त्रणमा छैनन् ।”

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.