Connect with us

राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

Published

on

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको बैठकबाट सरकार–जेनजी सम्झौता र आउँदो फागुन २१ गतेका निम्ति घोषित निर्वाचनको वातावरणका विषयमा पार्टीको धारणा बनाइने जनाइएको छ ।

यही पुस २६ देखि २८ सम्मका निम्ति घोषित पार्टीको १५औँ महाधिवेशन कार्यतालिका संशोधन र मिति परिवर्तनलगायत विषयमा पनि बैठकमा छलफल हुनेछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने नियमित महाधिवेशन सम्भव नभएकाले विशेषमा जाने गरी दबाबको तयारी गरेका उनीनिकटहरूले बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने कार्यतालिका सार्वजनिक गरिएको भए पनि त्यस पार्टीमा महाधिवेशनको सरगर्मी अझै सुरु भएको छैन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.