Connect with us

राजनीति

आज हुँदै गरेको सर्वोच्च अदालत बार एसोसियसनको निर्वाचनमा कांग्रेस–एमाले निकटबीच मुख्य प्रतिस्पर्धा

Published

on

आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।

अध्यक्षका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी संघले वरिष्ठ अधिवक्ता महेश थापालाई प्रतिस्पर्धामा उतारेको छ । साथै, अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल, महेशकुमार थापासहित धिवक्ता प्रेमसिंह धामीले पनि उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन भने सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठ प्रतिस्पर्धामा उत्रदैँछन ।

सहसचिवका लागि पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मी तथा कोषाध्यक्षका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठी उम्मेदवारी दर्ता भएको छ । बाँकी ९ जना सदस्यका लागि १९ जना प्रतिस्पर्धामा रहेका छन ।

साथै, ६२६ मतदाता रहेको सर्वोच्च बारमा सत्तारूढ दल कांग्रेस र एमाले निकट कानुन ब्यावसायी बिचमा अलग अलग प्रतिस्पर्धा हुनेछ । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.