Connect with us

राजनीति

संसदीय समितिका चार वटा बैठक बस्दै, यस्तो छ कार्यसूची

Published

on

सभामुख देवराज घिमिरिेले संघीय प्रतिनिधिसभाको बैठक २३ असारसम्म स्थगित गरेका छन् । तर, मिनि पार्लियामेन्टका रुपमा चिनिने संसदीय समितिका चार वटा बैठक बस्देछन् ।

राज्य व्यवस्था तथा सुशासन समिति बैठकले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सम्बन्धमा सांसदहरूसँग छलफल गर्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक अहिले बिहान साढे ८ बजे सुरु हुनेछ ।

संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि आजै बस्दै छ । बैठकमा सर्वोच्च अदालतका सुनुवाइ हुन बाँकी प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ गर्ने कार्यसूची छ ।

यस समितिले हिजो दुई जना प्रस्तावित न्यायाधीशको सुनुवाइ गरे पनि थप एक न्यायाधीश र न्याय परिषद्का एक सदस्यको बाँकी नै छ । बैठक अहिले बिहान ८ बजेका लागि बोलाइएको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुँदै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.