Connect with us

राजनीति

२०४६ सालयताका उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौँः प्रचण्ड (हेर्नुहोस् विज्ञप्ति)

Published

on

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ सालयता उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

भ्रष्टाचारविरुद्ध २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा दोहोर्‍याएका छन् । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीनको माग मैले संसदको रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु, प्रचण्डले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं। सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, विचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ,’ प्रचण्डले भने, ‘तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए। विना कुनै राजनीतिक आग्रह(पूर्वाग्रह, भूटानी शरणार्थी प्रकरण लगायत ठूला ठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइयो।’

भ्रष्टाचारविरुद्धको लडाइँलाई अभियानकै रुपमा लग्नुपर्ने प्रचण्डको भनाइ छ। ‘भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन, यो निरन्तरको सङ्घर्ष हो। यसका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य छ,’ उनले भनेका छन्।

हेर्नुहोस्, विज्ञप्ति…

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.