मन्त्रिपरिषद्को हिजो सोमबारको बैठकले गरेका १८ वटा निर्णय सार्जजनिक गरिएको छ । सञ्चारमन्त्री जगदीश खरेलले आज पत्रकारमाझ ती निर्णय सार्वजनिक गरेका हुन् ।
चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको छ । त्यस्तै यातायात क्षेत्रबारे सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न दिपक सुवेदीको नेतृत्वमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गरिएको छ ।
अख्तियारका प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरी कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।