Connect with us

समसामयिक

झापामा माईखोला गाउँ पस्यो, पाँच सय परिवार विस्थापित

Published

on

अविरल वर्षाका कारण झापाको झापा गाउँपालिका र शिवसत्ताक्षी नगरपालिकाका विभिन्न वडामा माईखोलाको बाढी पसेको छ। झापामा माईखोला विनासकारी खोलाभित्र पर्छ । माईखोलाको बाढी गाउँ पस्दा दुई पालिकाका करिब ५ सय परिवार विस्थापित भएका प्रहरीले जनाएको छ।

झापा गाउँपालिका वडा नम्बर २ सुगा बथानमा बाढी गाउँ पसेको हो। त्यहाँ माईखोला गाउँ पस्दा ५६ घर विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापा गाउँपालिका वडा नम्बर १, ६ र ७ मा पनि बाढी गाउँ पसेको छ । दर्जनौँ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ मा समेत करिब ३५० घरमा बाढी पसेको छ।

प्रहरी र स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पानी निरन्तर परिरहेको कारण पूर्वपश्चिम राजमार्ग अन्तरगत मेची नगर नगरपालिका वडा नम्बर ६ कालिखोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको छ।

शिवसत्ताक्षी १० मा आएको बाढीले सुकुना खोलाको ह्युमपाइपमा क्षति पुर्‍याउँदा राजमार्गमा आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै भद्रपुर नगरपालिका वडा नम्बर ६ मा २५ घर डुबानमा परेका छन्। घर डुबानमा परेपछि स्थानीयलाई आफन्तहरूले सुरक्षित स्थानमा लगेका छन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.