Connect with us

राजनीति

‘चिनिया कार्ड’ अभिव्यक्तिबारे प्रचण्डले दिए ओलीलाई प्रष्टीकरण

Published

on

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सबन्धी अभिव्यक्तिको प्रष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका बारेमा बोलाएको बैठकमा अध्यक्ष प्रचण्डले सो प्रष्टीकरण दिएका हुन्। 

‘आफू (प्रचण्ड)ले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै चीन कार्ड खेल्न खोजेको भन्ने आसयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गर्नुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

प्रचण्डले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.