Connect with us

राजनीति

राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

Published

on

कमल थापा नेतृत्वको राप्रपा नेपालले लघुबित्तसँग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ। पार्टीको भातृ संगठनको हैसियत दिई निर्माण गरिएको संगठनको अध्यक्षमा सुमित्रा डाँगी (संखुवासभा) रहेकी छिन् ।

उपाध्यक्षमा गणेश आचार्य र  रामकला बराल (काभ्रेपलाञ्चोक) रहेका छन् भने महासचिबमा राजकुमारी महतो (नवलपुर) रहेकी छिन्। साथै, उप–महासचिबमा विजयकुमार ठाकुर (पर्सा), सचिब रामसली तामाङ, कोषाध्यक्ष योजना बराइली, सहायक कोषाध्यक्ष ज्ञानध्वज तामाङ तथा सल्लाहकारमा अनिशा बराल, आरजु केसी र सरोज मैनाली रहेका छन्।

 नब गठित कार्यसमितीलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिदै पार्टी अध्यक्ष कमल थापाले सहकारी, लघुबित्त र मिटरब्याजको समस्या समाधान राप्रपा नेपालको उच्च प्राथमिकतामा रहेको बताए । गरिब दुखी जनता पिसिएका छन् , पेलिएका छन् , शोषणमा परेका छन् भन्दै थापाले अहिलेको यथास्थितिबाट मुक्ती लिने हो भने आन्दोलन र परिबर्तनको बिकल्प नभएको जिकिर गरे । 

थापाले भने, ‘सबै बर्ग, क्षेत्र, समुदायलाई समेटेर हामी आन्दोलनमा जादैछौ, आन्दोलन शान्तिपुर्ण हुन्छ,  सबैको सहयोगको अपेक्षा गरेका छौ, आन्दोलन निर्णायक हुन्छ।’

समितिलाई देशैभरीबाट समेटेर सन्तुलित, समाबेशी बनाईने र संगठनले चाडैं नै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको समेत जनाईएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.