Connect with us

राजनीति

रवि लामिछानेलाई अनुचित ढंगले निलम्बन गरियो- प्रचण्ड

Published

on

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुचित ढंगले सांसदबाट निलम्बन गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले प्रतिपक्षीको आवाजलाई सदनमा स्पेस नदिन यस्ता गतिविधिहरु गरिरहेको आरोप लगाएका हुन् ।

प्रचण्डले हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन पहिलादेखि नै रहेको बताउदै भने- ‘ अर्को प्रतिपक्षी दलको नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ । यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफैं मुल्याङ्कन गर्नुस् । हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौं ।

त्यस्तै प्रचण्डले रास्वपाका सभापति लामिछानेलाई ठाउँ–ठाउँमा घुमाएर सरकारले हुर्मत लिने काम गरेको बताउदै भने-‘सदनभित्रै बहस गराउँदामात्रै लोकतन्त्र सुदृढीकरण गराउन सकिन्छ । ठाउँ–ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई सुदृढ गर्दैन । यो कुरा पनि हेक्का रहोस् ।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.