Connect with us

समसामयिक

राष्ट्रिय परिचयपत्र बनाउन एक लाख पचासी हजारभन्दा बढीको विवरण दर्ता

Published

on

सङ्खुवासभामा राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढी नागरिकको विवरण दर्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विसं २०७६ साउन ३ गतेदेखि विवरण दर्ता सुरु गरिएको थियो । हालसम्म ९१ हजार तीन पुरुष र ९४ हजार ४२ महिलाले वितरण दर्ता गराएका राष्ट्रिय परिचयपत्र वितरण शाखा खाँदबारीका प्रमुख आशा जबेगुले जानकारी दिए । तीमध्ये २५ हजार कार्ड छपाइ भएका र १० हजार ७६१ जनाले कार्डसमेत पाइसकेको उनले बताए ।
सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश कोशी प्रदेशका सङ्खुवासभा र झापाबाट दर्ता सङ्कलन सुरु गरेको थियो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका १० वटा स्थानीय तहमा पुगेर घुम्ती शिविरमार्फत समेत दर्ता सङ्कलन गरिएको थियो । स्थानीय तहमा छुट भएका तथा नयाँ नागरिकता र राहदानीका लागिसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएसँगै राष्ट्रिय परिचयपत्र दर्ता सङ्कलनको सङ्ख्या वृद्धि भएको शाखा प्रमुख जबेगुले बताए ।
परिचयपत्र बनाउन नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल अनिवार्य गरिएको छ ।  विवरण दर्ता गराइए पनि कार्ड छपाइ प्रक्रिया सुस्त हुँदा जिल्लामा २०७७ असोजदेखि कार्ड नआएको जनाइएको  छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.