काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । देशभरकै वडाध्यक्षमा उनी रास्वपार्टी महिलो महिला वडाध्यक्ष हुन् । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।
त्यहाँ रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित भएकी छन् । एमालेका लक्ष्मीरत्न तुलाधर २२२० मत पाएर निकटतम प्रतिद्धन्द्धी बनेका छन् । २०७९ मा विजयी वडाध्यक्ष विजयी कांग्रेसका देवेन्द्र पाठक २२१४ मत पाएर तेस्रोमा खुम्चिएका छन् । यो वडा कांग्रेसका पूर्वउपसभापति एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहको वडा समेत हो ।
यस वडामा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाएका भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत ल्याएका छन् ।
काठमाडौं १६ मा यसअघि कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।