सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे एवम् बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ यही कात्तिक १४ गते हुने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डे एवम् बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल को सुनुवाइ आउँदो बुधबार एकैदिन गर्ने निर्णय गरेको हो ।
सर्वोच्चमा सिफारिस निरौला उच्च अदालत पाटन र पाण्डे तुलसिपुर उच्च अदालतका मूख्य न्यायाधीश हुन् ।बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन् ।
समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।