Connect with us

राजनीति

गाउँपालिका बजेट विवादमा अध्यक्षले खुकुरी प्रदर्शन गरेको आरोप

Published

on

मोरङको ग्रामथान गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादले गाउँसभा अवरुद्ध हुँदा पालिका बजेटविहीन भएको छ । गत असार २७ को गाउँसभामा अध्यक्ष नमोनारायण माझीका समर्थकले खुकुरी प्रदर्शन गरेको आरोपमा उपाध्यक्ष गुणावती धामी थारुसहित ९ जनप्रतिनिधिले चार माओवादी कार्यकर्ताविरुद्ध जाहेरी दिएका छन् ।

जाहेरीमा राजेश भगत, विष्णु माझी, राजन माझी र गयालाल माझीमाथि अभद्र व्यवहार र सार्वजनिक शान्ति भङ्ग गरेको आरोप छ । प्रहरीले ‘राजनीतिक विवाद’ भन्दै जाहेरी दर्ता गरेको छैन ।

उपाध्यक्ष थारुले अध्यक्षले ‘बाउन्सर’ राखेर डरको वातावरण बनाएको दाबी गरेकी छन् । अध्यक्ष माझीले भने खुकुरी प्रदर्शनको आरोप अस्वीकार गर्दै विपक्षीले पालिकालाई असफल बनाउन खोजेको बताए ।

असार १० मा एकतर्फी बजेट पेश भए पनि पारित नहुँदा राजस्व सङ्कलन, योजना कार्यान्वयन र प्रशासनिक काम ठप्प छन् । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.